Main News
अनियमितता गरेको आरोपमा दुई जना एसपी निलम्बित
२०७७ मंसिर १७ गते १३:०३

१७ मंसिर, २०७७ काठमाडौं । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ ।
एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि दुबै जनालाई निलम्बन गरेर छानबिन थालिएको बताउनुभयो ।
कुँवरका अनुसार एसपीद्वयमाथि छानबिनका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा समिति बनेको छ ।
प्रतिक्रिया