Main News

आफ्नै पार्टी कार्यालयमा प्रधानमन्त्रीलाई कस्तो सुरक्षा थ्रेट ? के भन्छन् विश्लेषक ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १६ गते १८:३९
आफ्नै पार्टी कार्यालयमा प्रधानमन्त्रीलाई कस्तो सुरक्षा थ्रेट ? के भन्छन् विश्लेषक ? (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालयमै सुरक्षा थ्रेट देखिएर बैठक सार्नु परेको घटनाले आज धेरै चर्चा पाएको छ ।

मुलुकको बागडोर सम्हालेको दलकै केन्द्रीय कार्यालयमा सुरक्षा थ्रेट भएको भन्दै बैठक सारिँदा देशैभर नकारात्मक सन्देश गएको छ । सुरक्षा व्यवस्था मिलाउन नसक्नु सरकारकै कमजोरी भएकाले यस्तो अवस्थामा प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्कालै राजीनामा दिनुपर्ने माग पनि उठन थालेको छ ।

आफ्नै कार्यकर्ता र जनतासँग असुरक्षित महशुस गर्ने व्यक्तिले देश चलाउन नसक्ने विश्लेषक आचार्यको तर्क छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको नेकपा सचिवालय बैठक प्रधानमन्त्रीलाई बैठकमा जान सुरक्षा चुनौती रहेको भन्दै बालुवाटार सारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *