Main News

डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस

हिमालय टिभी
२०७७ मंसिर १६ गते ६:०७
डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस

१६ मंसिर, २०७७ काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ ।

बढुवा सिफारिस गरिएका डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *