Main News

काठमाडौंमा राजावादीको प्रदर्शन, लाग्यो ‘राजा आउ देश बचाऊ’ को नारा ( भिडियो र फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ मंसिर १५ गते १५:१८
काठमाडौंमा राजावादीको प्रदर्शन, लाग्यो ‘राजा आउ देश बचाऊ’ को नारा ( भिडियो र फोटो फिचरसहित)


१५ मंसिर, २०७७ काठमाडौं । काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । सरकारले यस्ता जुलुसमा सहभागी नहुनु भनेर आग्रह गरेको अर्को दिन काठमाडौंमा राजतन्त्रको पक्षमा जुलुस निस्केको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले नेपालको राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । काठमाडौंको माइती घरबाट निस्केको जुलुस नयाँ बानेश्वर आइपुगेको थियो । जुलुसमा सहभागीले राजा जनता एक होउ राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए । दलीय व्यवस्थाले देश झन खोक्रो बनाएको उनीहरुको आरोप छ ।

गणतन्त्रको विरोध गरेका प्रदर्शनकारीले संघीयता खारेजीको समेत माग गरेका छन् । देशमा भ्रष्टाचार पनि बढ्दै गएको उनीहरुको आरोप छ ।

प्रदशर्नमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उपस्थिति थियो । पछिल्लो समय देशका विभिन्न ठाउँमा राजतन्त्रको माग गर्दै प्रदर्शन भइरहेको छ ।

स्वतस्फूर्तरुपमा देशका विभिन्न भागमा यस्ता प्रदर्शन हुन थालेपछि हिजो मात्रै सरकारले प्रतिक्रियावादी र पुनरुत्थानवादी चलमलाउन थालेको भन्दै यस्ता प्रदर्शनमा सहभागी नहुन अपील गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *