राजावादीको जुलुसमा नजान सरकारले गर्यो अपील (भिडियोसहित)
१४ मंसिर, २०७७ काठमाडौं । गणतन्त्रको विरोध र राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा भैरहेका प्रदर्शनबारे सरकारले मुख खोलेको छ ।
पत्रकार सम्मेलन गरी सरकारले राजावादीहरुले संविधान र व्यवस्थाविरुद्ध जनतालाई भड्काउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
नेपाल सरकार प्रवक्ता पार्वत गुरुङले राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीले टाउको उठाउन खोजेको भन्दै यसमा सहभागी नहुन सबैलाई अपील गर्नुभएको छ ।
केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । राप्रपाले यसमा खुलेरै समर्थन र अगुवाई गरिरहेको छ भने नेकपा र कांग्रेसकै समर्थक पनि यसमा सहभागी भएको पाइएको छ ।
हिजो मात्रै नेपालगञ्जमा राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाको अगुवाईमै जुलुस निस्केको थियो । त्यसपछि आज सरकारले यसबारे प्रतिक्रिया दिएको हो ।
जनताले ल्याएको गणतन्त्र जनताले फाल्न चाहिरहेका ढन भने यिनलाई किन टाउको दुखाई होला
जनता के चाहन्छन् भने तपाईं हरु को अपिल ले रोक्दै न । जनता बुझि सके आब ।
जनताले बुझी सकेको छ । यस्तो महामारीको अवस्थामा सरकारले जनतालाइे सहयोग गर्नुको सट्टा कर वाट च्यापिको छ देशमा भष्टाचार को सिमा नाघेको छ । जनताको लागि सरकारले के गर्दो रहेछ । सरकारले अब राजावादीहरुलाइे राजाको पछमा अवाज उठाउन रोक्न सकिदैन ।यो सहि कुरा हो। जनताले अव लोकतन्त्रवाट राजतन्त्रको शासन व्वस्था ठीक लाग्न लागेको छ।