चिनियाँ रक्षामन्त्री वेई र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

१४ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेई फेङ हेबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको छ ।
आजै वेईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । यसअघि चिनीयाँ रक्षामन्त्री वेईले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गर्नुभएको थियो ।
भेटमा दुई जना बीच दुई पक्षीय सुरक्षा, सहयोग र सहकार्यका विषयमा छलफल भएको छ । भेटअघि जंगी अड्डामा नेपाली सेनाले वेईलाई सम्मान गारद अर्पण गरेको थियो ।
चिनियाँ रक्षामन्त्री वेईले यसअघि उच्च तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आएको जानकारी दिनुभयो ।
पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउनु भ्रमणको उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभएको छ । ।उहाँ आजै काठमाडौंबाट बंगलादेश जानुहुनेछ ।
प्रतिक्रिया