Main News

बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा नुवाकोटमा दुर्घटना

हिमालय टिभी
२०७७ मंसिर १४ गते १४:५७
बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा नुवाकोटमा दुर्घटना

१४ मंसिर, २०७७, काठमाडौं । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । दुर्घटनामा सबै सकुशल छन् ।

कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटमा आकस्मिक अवतरण गरिएको छ ।

हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार थिए ।

चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडीको शिशा फुटेको छ । यस्तै केही यात्रुलाई सामान्य चोट पनि लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *