Main News
भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद आएको लेखा समिति सभापति शाहको आरोप (भिडियोसहित)
२०७७ मंसिर १३ गते १३:३७

१३ मंसिर, २०७७, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भएको छ ।
बुटवलमा आज संचारकर्मीसँग सभापति शाहले सरकार भ्रष्टाचारमा लागेकैले सत्तारुढ नेकपामा झगडा उव्जिएको दाबीसमेत गर्नुभयो । भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा झगडा भइरहेको उहाँको आरोप छ ।
सभापति शाहले सरकारले औषधि, हवाई जहाज, प्रेस मेशिन किन्ने प्रक्रियामा भ्रष्टाचार गरेको दाबी गर्दै सरकारले भ्रष्टाचार गर्ने र आपसमा झगडा गरेर देशलाई संकटमा पार्न खोजेको टिप्पणी गर्नुभयो ।
सभापति शाहले उजुरीका आधारमा समितिले छानबिन अघि बढाए पनि भ्रष्टाचारीलाई कारबाही हुन नसकेको बताउनुभयो ।
सरकार आफैं भ्रष्टाचारमा लागेकाले अनियमितता गर्नेलाई कारबाही गर्न पनि समस्या भएको उहाँको आरोप छ ।
प्रतिक्रिया