Main News
रुकुम पश्चिम आठबीसकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो
२०७७ मंसिर १३ गते १३:१९

१३ मंसिर, २०७७, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
हिजो साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते वडा नम्बर ८ कै ५८ वर्षीय लालबहादुर नेपालीको पनि मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो ।
आठबीसकोट नगरपालिका वडा नम्बर ८ को दाजेबाट १०र१२ जना जन्ती बोकेर वडा नम्बर १० को घारीखोला गएको रा १ ज ५८९ नम्बरको जीप दाजेमा दुर्घटना भएको हो । जीप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया