Main News
काश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु
२०७७ मंसिर १२ गते १९:३५
![काश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2020/11/Bharatiya-sena-death_vo☆☆☆☆☆.jpeg)
१२ मंसिर, २०७७ काठमाडौं । भारतीय सेनामा कार्यरत नेपाली युवाको जम्मू–कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ ।
भारतीय सेनामा कार्यरत नायक नेपाली युवा प्रेमबहादुर खत्रीको मृत्यु भारतीय सेनाले जनाएको छ । आज बिहान जम्मू–कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गरेका थिए ।
सो घटनामा गम्भीर घाइते भएका खत्रीको अस्पतालमा निधन भएको हो । खत्रीसँगै अर्का भारतीय एक भारतीय सैनिको पनि ज्यान गएको छ । मृतक खत्री नेपाली भए पनि ठेगाना खुलाइएको छैन ।
उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।
प्रतिक्रिया