Main News

नेपाल एयरलाइन्सको उडानमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्तः मन्त्री भट्टराई

हिमालय टिभी
२०७७ मंसिर १२ गते १८:३४
नेपाल एयरलाइन्सको उडानमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्तः मन्त्री भट्टराई

१२ मंसिर, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कतिपय देशमा नेपालको हवाई उडानमा लगाइएको प्रतिबन्धको औचित्य सकिएको दाबी गर्नुभएको छ ।

नगरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयन प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भएको जिकीर गर्नुभयो । उहाँले युरोपमा लागेको प्रतिबन्ध हटाउन अझै केही कानूनी सुधारको खाँचो भने रहेको बताउनुभयो ।

नेपालले कोरोना रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको मन्त्री भट्टराईको दाबी छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हवाई उड्डयन सुरक्षित बनाउन रिपोर्ट तयार पारिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *