Main News

मोदीलाई प्रधानमन्त्री ओलीको सन्देशः सीमालगायतका समस्या समाधान द्विपक्षीय वार्ताबाटै (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १२ गते १४:५९
मोदीलाई प्रधानमन्त्री ओलीको सन्देशः सीमालगायतका समस्या समाधान द्विपक्षीय वार्ताबाटै (भिडियोसहित)

१२ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्नुपर्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउनुभएको छ ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलासँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपालको सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो । समस्या समाधान गरेर मात्र सम्बन्ध नयाँ उचाईमा पुग्ने पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले विदेश सचिव श्रृंगलामार्फत वार्ताबाट समस्या समाधानका लागि तयार रहेको सन्देश पठाएको र जवाफमा प्रधानमन्त्री ओलीले पनि नेपाल वार्ताबाटै समस्या समाधान हुने विश्वासमा रहेको बताउनुभएको छ ।

विदेश सचिवको भ्रमणले अब परराष्ट्रमन्त्रीस्तरमा संवाद अघि बढ्ने वातावरण बनेको पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी दिनुभयो ।

भारतीय विदेश सचिव श्रृंगलाले हिजो राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र सचिवसँग शिष्टाचार भेट गर्नुभएको थियो । भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेपछि नेपालले त्यसको कडा प्रतिवाद गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा निकालेर संसदबाट पारित गरेको थियो ।

र, त्यसपछि भारतसँग वार्ताका लागि पटक पटक प्रयास गरेको थियो । तर भारतले विभिन्न वहानमा वार्ता अस्वीकार गर्दै आएको थियो । पछिल्लो पटक भने वार्ताको वातावरण बन्दै गैरहेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *