Main News

संसद् अधिवेशन छिट्टै आह्वान हुने, तयारी गर्न मन्त्री तुम्बाहाङ्फेको आग्रह

हिमालय टिभी
२०७७ मंसिर १२ गते १३:५२
संसद् अधिवेशन छिट्टै आह्वान हुने, तयारी गर्न मन्त्री तुम्बाहाङ्फेको आग्रह

१२ मंसिर, २०७७ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गर्नुभयो ।

सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेको लैङ्गिक समानताको प्रावधान व्यावहारिक कार्यान्वयन भएका बारेमा छलफल हुनुपर्ने बताउँदै उहाँले कानून निर्माणमा सभामुख र उपभासभामुखको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो नियमित अधिवेशन अन्त्य भएको धेरै समय बितिसक्यो । नियमित अधिवेशन प्रवेश गर्ने बेला भइसकेको छ । तसर्थ मैले अनौपचारिक रुपमा सभामुखलाई भनेको छु । र कर्मचारी साथीहरुलाई पनि भनेको छु । यहाँको अवश्यक पूर्व तयारीको निम्ति यहाँले काम गर्नुहोला भनेको थिएँ । मैले अहिले भर्खरै राष्ट्रिय सभाको हल हेर्दा बनाउनु भएको छ तर फिनिसिङ गर्न बाँकी रहेछ । प्रतिनिधि सभाको सम्भवतः त्यसै गर्नुभएको होला ।’

मन्त्री तुम्बाहाङ्फेले भन्नुभयो–‘हामी नियमित अधिवेशनको निम्ति कति गते भन्ने कुरा टुंगो लागेको छैन तर नियमित अधिवेशन आव्हान हुन्छ । त्यसकाो लागि सम्माननीय सभामुख, सम्मानीय अध्यक्ष, उपाध्यक्ष त्यहाँका कर्मचारी साथीहरुलाई त्यतातर्फ पनि ध्यान दिनुभएको रहेछ काम गर्नुभएको रहेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *