Main News
आज देशका केही भागको मौसम बदली भई पानी पर्ने
२०७७ मंसिर १२ गते ९:१४

१२ मंसिर, २०७७, काठमाडौं । आज देशका केही भागको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ ।
गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
रातिदेखि पश्चिमी वायुको प्रभाव विस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।
बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । समविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् ।
प्रतिक्रिया