Main News
भारतीय विदेश सचिव श्रृङ्गला आज गोरखा र मनाङ जाँदै
२०७७ मंसिर १२ गते ८:२४

१२ मंसिर, २०७७ काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदै हुनुहुन्छ ।
उहाँले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालय उद्घाटन पनि गर्नुहुनेछ ।
मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि उहाँले नेपाली थिंकट्यांक आइडीएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।
हिजो बिहान नेपाल आएका श्रृङ्गला दिनभर भेटघाटमा व्यस्त रहनुभयो । उहाँ आज दिउँसो एक बजे स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया