Main News
हज समिति अध्यक्ष मियाँविरुद्ध आर्थिक अनियमितता गरेको उजुरी
२०७७ मंसिर १० गते १५:२४

१० मंसिर, २०७७ काठमाडौं । हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।
हिजो मुस्लिम आयोगमा ध्यानाकर्षण गराएका सदस्यहरुले आज गृह मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् ।
अध्यक्ष मियाँले हज यात्रामा जानेको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरेको, हाजीहरु बस्नका लागि भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रा लगायतमा अनियमितता भएको उनीहरुको आरोप छ ।
हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोप समेत समितिका सदस्यले लगाएका छन् ।
उनीहरुले अध्यक्ष मियालाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया