कोरोना महामारीविरुद्धको लडाइँ, यस्तो छ उपचारमा संलग्न चिकित्सकको अनुभव (भिडियोसहित)
९ मंसिर, २०७७ काठमाडौं । दशैंतिहारपछि पनि कोरोना संक्रमणको दर बढ्दो छ । अस्पताल कोरोना संक्रमितले भरिएका छन् । उनीहरुको उपचारमा खटिएका चिकित्सकले के अनुभव गरिरहेका छन् त ? हामीले केही चिकित्सकसँग जान्ने प्रयास गरेका छौं–
चीनको बुहानबाट शुरु भएको कोभिड–नाइन्टिन अर्थात कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त छ । कोरोना भाइरसकै कारण लाखौं व्यक्तिले ज्यान गुमाइसकेका छन् । कतिपय व्यक्ति आइसोलेसनमा, भेन्टिलेरटरमा र आइसियूमा छन् ।
अहिले संक्रमितको उपचार गर्दागर्दै चिकित्सकहरु नै कोरोना संक्रमित भएका छन् । तर पनि संक्रमितहरु निको हुँदै गएको अनुभवले भने उनीहरुलाई अझै संक्रमितको उपचारमा खटिने साहस मिलेको छ । तर सबै संक्रमितलाई बचाउन नसक्दा भने चिकित्सकहरुलाई नमिठो लाग्छ ।
यी सबै परिस्थितिमा स्वास्थ्यकर्मी भने कोरोना संक्रमितसँगै छन् । शुरुशुरुमा नौलो मानिएको कोभिड–नाइन्टिनसँग कसरी जुध्ने भन्ने अन्योलता रह्यो । तर अहिले भने चिकित्सकहरुमा आँट र साहस थपिएको छ ।
अहिले संक्रमितको उपचार गर्दागर्दै चिकित्सकहरु नै कोरोना संक्रमित भएका छन् । तर पनि संक्रमितहरु निको हुँदै गएको अनुभवले भने उनीहरुलाई अझै संक्रमितको उपचारमा खटिने साहस मिलेको छ । तर सबै संक्रमितलाई बचाउन नसक्दा भने चिकित्सकहरुलाई नमिठो लाग्छ ।
अहिले कोरोना संक्रमितहरुका लागि भेन्टिलेटर र आइसीयूको अभाव भैरहेको छ । उपत्यकालगाएत विभिन्न जिल्लाका अस्पतालमा उपचार शैया अभाव भएसँगै धेरै व्यक्ति होम आइसोलेसनमै छन् । सिकिस्त बिरामीहरुको संख्या बढ्दै जाँदा र बेड अभावका कारण बिरामीलाई विभिन्न अस्पतालमा रिफर गर्नूपर्दा संक्रमितका उपचारमा खटिएका चिकित्सकहरु निराश पनि हुन्छन् ।
कोरोनाको रोकथामका लागि वैज्ञानिकहरु खोपको खोजमा लागेका छन् । विश्वमा सतप्रतिशत कोरोनाविरुद्धको खोप बनिसकेको छैन । यस्तो अवस्थामा चिकित्सकहरु नै कोरोनासँग लड्न सिकाउने शिक्षक बनेका छन् ।
प्रतिक्रिया