Main News

कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु

हिमालय टिभी
२०७७ मंसिर ९ गते ८:१७
कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु

९ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ ।

झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी परीक्षाका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले विद्यार्थीसँग आग्रह गरेको छ ।

धेरै विद्यार्थी रहेका परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ ।

कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । यस पटक सैद्धान्तिकतर्फ कूल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।

४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ । ग

एको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो । परीक्षा मंसिर १६ गते सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *