Main News

कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने तयारी, क्लिनिकल ट्रायल ठीक कि बेठीक ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ८ गते २०:०९
कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने तयारी, क्लिनिकल ट्रायल ठीक कि बेठीक ? (भिडियोसहित)

८ मंसिर, २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने तयारी भैरहेको छ । त्यस्तै विभिन्न कम्पनीले उत्पादन गरेका खोपको क्लिनिकल परीक्षणका लागि पनि पहल भैरहेको छ ।

कतिपयले क्लिनिकल परीक्षणका नाममा नेपाललाई प्रयोगशाला बनाउन नहुने तर्क गरेका छन् । तर सरकारी निकाय र विज्ञले भने कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षणबाट फाइदा लिन सकिने बताएका छन् ।

विश्वका विभिन्न कम्पनीले उत्पादन गरेका कोरोनाविरुद्धको खोप अहिले क्लिनिकोरोना कहरकाबीच आर्थिक वर्ष २०७७ र ७८ को बजेट ल्याउन भन्दै बैशाख २६ गते सुरु भएको संघीय संसदको बजेट अधिवेशन असार १८ गते एकाकएक अन्त्य भयो । महत्वपूर्ण विधेयक समितिबाट पारित भएर संसदमा पुगिसकेको अवस्थामा सरकारले हठात संसद अधिवेशन अन्त्य गरेपछि चौतर्फी आलोचना भयो ।

कोरोनाका कारण आम नागरिक समस्यामा परिरहेका बेला तिनका आवाज उठाउने थलो लामो समयदेखि बन्द छ । यस्तोमा प्रतिपक्षी दल र स्वयम सत्तापक्षबाटै संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने आवाज बढ्न थालेको छ । तर सरकारले भने अधिवेशन बोलाउन कुनै सुरसार देखाएको छैन ।कल परीक्षणको चरणमा छ । उत्पादन भएका खोप मानिसमा प्रयोग गरी त्यसले पार्ने प्रभावको अध्ययन पनि भैरहेको छ । त्यसै अनुरुप कतिपय कम्पनीले उत्पादन गरेका कोरोना विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको भन्ने खबर पनि आइसकेको छ ।

नेपालमा भने ती देशमा बनेका खोपको तेस्रो चरणको परीक्षण गर्न दिने, नदिने विषयमा अहिले पनि छलफल भैरहेको छ । नयाँ बनेका खोपको क्लिनिकल ट्रायल गर्न दिने हो भने नेपाललाई फाइदा पुग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भनाइ छ ।

कोरोनाविरुद्ध मात्र हैन, कुनै पनि रोग विरूद्ध बनेका खोपको परीक्षण प्रभावकारी देखिएपछि मात्रै त्यो खोपले उत्पादन र विक्रिवितरण गर्ने अनुमति पाउँछ । त्यसैले कोरोना विरुद्ध शतप्रतिशत सफल खोप नआउञ्जेलसम्म अहिले बनिरहेका खोपको क्लिनिकल परीक्षण गर्न दिने हो भने त्यो खोप नेपालका लागि प्रभावकारी छ कि छैन भन्ने स्पष्ट हुन्छ ।

नेपालमा अहिलेसम्म कुनै पनि खोपको क्लिनिकल ट्रायल भएको छैन । त्यसैले पनि आवश्यक पूर्वाधार निर्माणमा नेपाल चुकेको छ । त्यसैले क्लिनिकल ट्रायल खोपको पूर्वाधार तयार गर्न र अन्य महामारीको लागि खोप र औषधि उत्पादनमा फड्को मार्ने अवसर हुन सक्छ । तर खोपको परिक्षणका लागि धेरै सावधानी अपनाउनु पर्ने विज्ञको सुझाव छ ।

नेपालमा क्लिनिकल ट्रायलको लागि अनौपचारिक रुपमा प्रस्ताव आएको भए पनि कुनै औपचारिक प्रस्ताव भने आएको छैन । कुनै प्रस्ताव आएमा नेपाल भने ट्रायलको लागि तयारी अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *