राजनीति

प्रतिबन्धित नेकपा सरकारसँग वार्ताका लागि तयार, विप्लव भन्छन्–राज्यको धारणा प्रष्ट होस्

हिमालय टिभी
२०७७ मंसिर ८ गते १९:१०
प्रतिबन्धित नेकपा सरकारसँग वार्ताका लागि तयार,  विप्लव भन्छन्–राज्यको धारणा प्रष्ट होस्

८ मंसिर, २०७७ काठमाडौं । प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग वार्ताका लागि पार्टी तयार रहेको बताउनुभएको छ ।

विप्लवले वार्ताको हल्ला गरेर मात्रै नहुने भन्दै धारणा के हो भनेर सरकारलाई सोध्नुभएको छ । पार्टी निकट अनलाइन पत्रिकालाई भिडियो अन्तर्वार्ता दिँदै विप्लवले वार्ताका लागि सधै खुला रहेको बताउनुभएको हो । सरकारले वार्तालाई जालझेलको विषय बनाएको भन्दै विप्लवले आक्रोश व्यक्त गर्नुभयो ।

विप्लवले सरकारी नेकपासँग हरेक विषयमा बहस गर्न तयार रहेको पनि बताउनुभयो । विप्लव नेकपाले केही दिन अघि आफ्ना कार्यकर्ताले संखुवासभामा गोली चलाएको स्वीकार गरेको छ ।

पार्टी युद्धमा नगएको तर दुःख दिए प्रतिरोध गर्ने भन्दै विप्लवले फेरि पनि संखुवासभामा जस्तो घट्ना हुन सक्ने चेतावनी दिनुभयो ।

सत्तारुढ नेकपाभित्रको किचलाको विषयमा पनि विप्लवको प्रतिक्रिया आएको छ । विप्लवले नेकपाभित्रको संकटलाई सत्ता स्वार्थले ल्याएको परिणाम भन्नुभएको छ । एकतानै सत्ता स्वार्थका लागि भएकाले विवाद स्वाभाविक भएको विप्लवले बताउनुभएको छ ।

व्यवस्था नै ठीक नभएकोले समस्या आइरहेको विप्लवको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्