नेपालमा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि, थप १६ जनाको मृत्यु
८ मंसिर, २०७७ काठमाडौं । पछिल्लो पटक नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार दुई सय ८० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न ल्याबमा १० हजार ३ सय ८१ नमुना परीक्षण हुँदा झण्डै दुई हजार संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा एक हजार ७ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ७ सय ७९, भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्।
यसैगरी, झापामा १०६, चितवनमा ८३, कास्कीमा ७०, काभ्रे र मकवानपुरमा ५४–५४, मोरङमा ३७, दाङमा ५१, रुपन्देहीमा ४७, कैलालीमा २६,
पछिल्लो पटक देशभर तीन हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको छ । नेपालमा १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन् ।
त्यसैगरी, विभिन्न आइसोलेसन र कोभिड अस्पतालमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय ३७ पुगेको छ।
प्रतिक्रिया