Main News

संसदको हिउँदे अधिवेशन सञ्चालन गर्न तयार छौंः सभामुख सापकोटा

हिमालय टिभी
२०७७ मंसिर ८ गते १४:४५
संसदको हिउँदे अधिवेशन सञ्चालन गर्न तयार छौंः सभामुख सापकोटा

८ मंसिर, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवेशन सञ्चालनका गर्न आफूहरू तयार रहेको बताउनु भएको छ ।

प्रतिनिधि सभा सदस्य मोहन पाण्डेलाई सपथ गराएपछि आज सिंहरवारमा पत्रकारहरुसँग कुरागर्दै सभामुख सापकोटाले संसदको तर्फबाट अधिवेशन शुरु गर्ने सम्बन्धमा सबै तयारी भइसकेको बताउनुभयो ।

कोरोना संक्रमणको दर बढ्दै गरेको अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर विकल्पसहित संसद सञ्चालन गर्ने गरी संसदले तयारी गरेको उहाँको भनाइ छ ।

सचिवालय तयार रहेको अवस्थामा सरकारले अधिवेशन बोलाउँदा हुन्छ भन्ने पत्रकारको प्रश्नमा सभामुख सापकोटाले सरकारसँग छलफल गरिरहेको पनि बताउनुभयो ।

यसबाहेक आगामी अधिवेशनमा सरकारले पछिल्लो समय ल्याएका सबै अध्यादेशका सम्बन्धमा छलफल गर्ने उहाँको भनाइ छ ।

यसअघि थुप्रै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थामा रहेको भएपनि सरकारले कुनै विजनेश नभएको भन्दै असार १८ गते हठात संसदको वर्खे अधिवेशन अन्त्य गरेको थियो । तर पाँच महिना हुनै लाग्दा समेत अधिवेशन बोलाउने सम्बन्धमा सरकारे कुनै चासो देखाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *