Main News

विदेश जानेले सरकारी ल्याबमा परीक्षण गर्नुपर्ने, चार ल्याबलाई सोधियो २४ घण्टे स्पष्टिकरण (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ७ गते १६:४८
विदेश जानेले सरकारी ल्याबमा परीक्षण गर्नुपर्ने, चार ल्याबलाई सोधियो २४ घण्टे स्पष्टिकरण (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । सरकारले विदेश जाने नेपालीले अब सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण गर्नुपर्ने भएको छ ।

पछिल्लो पटक विदेश जाने नेपालीको कोरोना परीक्षणमा समस्या देखिएपछि सरकारले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाको परीक्षण गर्दा अनिवार्य परिचयपत्र पेश गर्नु पर्नेछ ।

यसैगरी गलत रिपोर्ट दिने चार ल्याबलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । उनीहरुले नेगेटिभ रिपोर्ट आएको नमूना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नभएको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टिकरण सोधेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *