Main News
सरकारीकरणको विरोधमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित
२०७७ मंसिर ७ गते १५:०७
७ मंसिर, २०७७, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
सामुदायिकस्तरमा चलिरहेको अस्पताल सरकारीकरण गरिएको विरोधमा कर्मचारी विरोधमा उत्रिएका हुन् । आफूहरुलाई हटाउन लागिएको भन्दै उनीहरुले विरोध गरेका छन ।
सरकारीकरण भएपछि अब सरकारले आफ्नै प्रक्रियाबाट स्थायी कर्मचारी नियुक्त गर्नेछ । गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको हो ।
हाल नेपाल अर्बुद्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालनमा छ। आन्दोलित कर्मचारीले अस्पतालका इमरजेन्सी सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध गरेका छन् । अस्पतालमा हाल नर्स, चिकित्सक र कर्मचारी गरी दुई सय ८० जना कार्यरत छन् ।
प्रतिक्रिया