Main News

बलात्कारका घटना मिलापत्र गराउनेमाथि कडा कारबाही गर्न अध्यादेश

हिमालय टिभी
२०७७ मंसिर ७ गते १४:५७
बलात्कारका घटना मिलापत्र गराउनेमाथि कडा कारबाही गर्न अध्यादेश

७ मंसिर, २०७७ काठमाडौं । सरकारले बलात्कारका घट्नामा मिलापत्र गराउनेलाई पनि कडा कारवाहीको प्रावधानसहित अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषदको आजको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो ।

बलात्कारका घट्न बढ्दै गएको र राजनीतिक आडमा मिलापत्र गराउने परिपाटी बढ्न थालेपछि सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो ।

कानून मन्त्रालयले तयार पारेको अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध मानिएको छ ।

मिलापत्र गर्नुलाई फौजदारी अपराध मानेर कारबाही गरिने उल्लेख छ । अध्यादेशले बलात्कारको परिभाषा पनि संशोधन गर्दै जुनसुकै लिङ्गका मानिस पनि बलात्कृत हुन सक्ने भन्दै त्यसै अनुसार व्यवस्था गरेको छ ।

अध्यादेशमा बलात्कारमा सजायको मात्रा पनि बढाइएको छ भने नाबालिकका हकमा किटानी दिनसक्ने हदम्याद पनि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *