Main News

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

हिमालय टिभी
२०७७ मंसिर ५ गते १८:०९
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

५ मंसिर, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा ११ सय ७ जनासँगै संक्रमितको संख्या एक लाख ८ सय ७२ पुगेको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै ८१ हजार ५ सय ८८ संक्रमित भएका छन् ।

यस्तै ललितपुरमा ११ हजार ९ सय ४८ र भक्तपुरमा ७ हजार ३ सय ३६ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट काठमाडौंमा ३ सय १६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ जनाको मृत्यु भइसकेको छ । काठमाडौंमा ७१ हजार ५ सय ९१, ललितपुरमा ९ हजार ६ सय ३१ र भक्तपुरमा ६ हजार ४ सय ७० जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *