Main News

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौंमा सिंह, ललितपुरमा बज्राचार्य (नामावालीसहित)

हिमालय टिभी
२०७७ मंसिर ५ गते १३:५०
नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौंमा सिंह, ललितपुरमा बज्राचार्य (नामावालीसहित)

५ मंसिर, २०७७ काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार मंसिर ७ गतेबाट लागू हुने गरी ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसअनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरु फेरिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आउनुभएको छ भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ । अहिले काठमाडौंमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख हुनुहुन्छ ।

यस्तै महानगरीय ट्राफिक महाशाखाका प्रमुख रहेका भीम ढकालको प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखा नक्साल सरुवा भएको छ भने ढकालको ठाउँमा एसएसपी जनक भट्टराई आउनुहुने भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा कार्यरत हुनुहुन्छ ।

यस्तै केन्द्रीय प्रहरी प्रवक्ताका रुपमा प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका एसएसपी कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा सरुवा भएको छ । उहाँको ठाउँमा एसएसपी वसन्तबहादुर कुँवरको महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ ।

यता अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा एसएसपी राजेशनाथ बास्तोलालाई पठाइएको छ । हाल एसएसपी रामकृपाल शाह त्यहाँ कार्यरत हुनुहुन्छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ समेत पठाएको छ ।

हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *