Main News

यस्तो छ जनकपुरधाममा धुमधामले छठ मनाउने तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ४ गते २०:०५
यस्तो छ जनकपुरधाममा धुमधामले छठ मनाउने तयारी (भिडियोसहित)

४ मंसिर, २०७७ जनकपुरधाम । देशभर कोरोना कहर बढ्दो छ । तर जनकपुरधाममा कोरोनाको कहरले छठको तयारीमा प्रभाव पारेको छैन । छठ मनाउन जनकपुरधाममा धुमधामका साथ तयारी भइरहेको छ । प्रशासनले घरमै छठ मनाउन आग्रह गरे पनि स्थानीय जलासय सिंगार्न व्यस्त छन् ।

घर नजिकको पोखरी, जलाशय वा तालतलैया र नदीमा सामूहिक रुपमै मनाउने भएकाले छठ पर्वमा कोरोना संक्रमणको उच्च जोखिम छ, तर पनि श्रद्धालुलाई त्यसको प्रवाह छैन । जनकपुरधामका गंगासागर, धनुष सागर, अरगज्जा पोखरी, दशरथ तलाउसहितका जलाशयमा छठ मनाउन भव्य तयारी गरिएको छ ।

स्थानीय प्रशासनले छठमा भिडभाड नगर्न र घरमै पूजा गर्न आग्रह गरेको छ । तर स्थानीय बासिन्दाले घरमै छठ पर्व मनाउन मानेका छैनन् । समितिले घाट नसजाए आफैँ सजाउने चेतावनी स्थानीय बासिन्दाले दिएका छन् । त्यसैले समितिहरुले नै घाट सजाउने काम गरिरहेका छन् ।

र छठका लागि जनकपुरधामका तलाउ र पोखरीलाई दुलही झैँ सिंगारिँदैछ ।कोरोना संक्रमणको जोखिमका कारण पूजा समितिहरुले ब्रतालुसँग एक जनालाई मात्र पूजास्थलमा आउन आग्रह गरेका छन् । दर्शनार्थीलाई सरोवर घाटमा भिडभाड गर्न दिइने छैन । कोरोना संक्रमणबाट जोगिन पुरै सावधानी अपनाउने समितिको दाबी छ ।

पूजा समितिहरुले सावधानी अपनाउने भने पनि छठ पूजाका लागि पोखरीमा हुने भिडमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुनेमा शंका छ । छठ पूजा व्यवस्थित बनाउन स्थानीय प्रशासन र सरकारको कुनै उपस्थिति नदेखिएको आरोप पनि लागेको छ ।

कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन । त्यसैले प्रशासनको आग्रह अटेर गरेर छठमा भिडभाड गर्दा संक्रमण झन फैलन सक्नेतर्फ सबै सचेत बन्नु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *