Main News

मोरङमा घरआँगनै सीमित हुने भयो छठ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ४ गते २०:०१
मोरङमा घरआँगनै सीमित हुने भयो छठ (भिडियोसहित)

४ मंसिर, २०७७ विराटनगर । पूर्वी तराईमा भने यसपटक छठ पर्वको रौनक देखिएको छैन । कोरोना संक्रमणको जोखिमबाट बच्न ब्रतालुले घर आँगनमै विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।

कोरोना महामारीका कारण जलाशयमा गएर छठ पर्व मनाउन सुरक्षित नभएपछि मोरङमा भने यस वर्ष घर आँगनमै मनाउने तयारी भएको छ । जिल्ला प्रशासन मोरङले भिडभाड नगरी सुरक्षा मापदण्ड पालना गर्दै छठपर्व मनाउन आग्रह गरेको छ ।

प्रशासनले भिडभाडमा रोक लगाएपछि विराटनगर भएर बग्ने सिंघिया खोला, केशलिया खोला र मोरङ सुनसरी सिँचाई आयोजना अन्तर्गतको नहर क्षेत्र यसपटक सुनसान देखिएका छन् । कतिपयले छठका लागि घरआँगनमै कृत्रिम जलाशय निर्माण गरेका छन् ।

घरमै छठपर्व मनाउन नसक्नेका लागि बढी भिडभाड नगरी आवश्यक सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित जलाशयमा गएर अर्घ्य दिन पाउने व्यवस्था मिलाएको मोरङ प्रहरीले जनाएको छ ।

छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्न तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ्य दिइन्छ ।

अस्ताउँदो सुर्यलाई अर्घ्य दिन साँझ र उदाउँदो सूर्यलाई अर्घ्य दिन भोलिपल्ट बिहान छठ घाटमा श्रद्धालुको भिड लाग्ने गरेको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *