Main News

पर्यटनमन्त्रीले भने–तत्काल लकडाउनको सम्भावना छैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ४ गते १९:०८
पर्यटनमन्त्रीले भने–तत्काल लकडाउनको सम्भावना छैन (भिडियोसहित)

४ मंसिर, २०७७ पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले तत्कालै लकडाउनको संभावना नभएको बताउनुभएको छ ।

सरकारले पुनह लकडाउनको तयारी गरिरहेको चर्चा चलिरहेका बेला मन्त्री भट्टराइले त्यसो नहुने बताउनुभयो । वीरगंजमा भएको नेकपा कार्यकर्ता भेलामा उहाँले अघिल्लो लकडाउनका बेला आम जनजीवन निकै कष्टकर भएकाले सरकार अब त्यस्तो बाटोमा नलाग्ने बताउनुभयो ।

मन्त्री भट्टराईले बन्द रहेका भारतसँगका नाका पनि छिट्टै खुल्ने जानकारी दिनुभयो । नाका खुलेपछि भारतबाट ठुलो संख्यामा नागरिक आउन सक्ने भन्दै उहाँले सचेत बन्नुपर्ने बताउनुभयो ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका भट्टराईले पार्टी मिलाउन चिनियाँ पक्ष लागिरहेको भन्ने दाबी सत्य नभएको बताउनुभयो । उहाँले पार्टी एक ढिक्का राख्न आफू जस्तोसुकै त्यागका लागि पनि तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *