Main News

नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक र पाँच डीआइजीको दरबन्दी थप

हिमालय टिभी
२०७७ मंसिर ४ गते १९:०५
नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक र पाँच डीआइजीको दरबन्दी थप

४ मंसिर, २०७७ काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र पाँच जना प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप भएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा उच्च अधिकारीको नयाँ दरबन्दी स्वीकृत गरेको हो । गृृह मन्त्रालयले पाँच जना डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि पठाएकोमा मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दीसमेत थप गरेको हो ।

एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि डिआइजीको दरवन्दी थप्ने तयारी रोकिएको थियो । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।

एआईजीको थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहनेछ । हाल एआईजीको प्रतिष्पर्धामा विश्वराज पोखरेल, सहकुलबहादुर थापा र प्रमुख धिरजप्रताप सिंह प्रतिस्पर्धामा हुनुहुन्छ । थपिएका पाँचसहित ८ डिआईजीको पदमा बढुवाको तयारी थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *