Main News

चिसो बढदै, आज पनि मौसम बदली रहने

हिमालय टिभी
२०७७ मंसिर ४ गते ९:०६
चिसो बढदै, आज पनि मौसम बदली रहने

३ मंसिर, २०७७ काठमाडौं । मौसमअनुसार चिसो निरन्तर बढिरहेको छ । हिमाली जिल्लामा हिउँ पर्न थालेपछि त्यसको चिसो पहाडतिर पनि सरेको छ ।

आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा नै हुनेछ ।

मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम बद्ली हुने सम्भावना छैन । बिहान बेलुका तराईका भू–भागमा हलुका कुहिरो लागे पनि दिउँसो घाम लाग्नेछ ।

मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *