Main News

आजदेखि खुल्लामञ्चसहित सार्वजनिक स्थलमा निःशुल्क भोजन सेवा बन्द

हिमालय टिभी
२०७७ मंसिर २ गते ८:४८
आजदेखि खुल्लामञ्चसहित सार्वजनिक स्थलमा निःशुल्क भोजन सेवा बन्द

२ मंसिर, २०७७ काठमाडौं । आजदेखि काठमाडौंको खुलामञ्चसहित अन्य सार्वजनिक स्थानमा निःशुल्क भोजन सेवा बन्द भएको छ ।

स्वास्थ्य चुनौती र कोरोना संक्रमणको जोखिमका कारण खुला स्थानमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो ।

काठमाडौं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।सहमतिअनुसार अबदेखि भोजन खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने तयारी भएको छ ।

असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिकका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।

मानव सेवा आश्रम काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित छ । काठमाडौं महानगरपालिकाले पनि सबै सामाजिक संघ संस्थालाई बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग हुने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनु भएको छ।

यसैबीच महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २ हजार ७७ बमोजिम रोजगारी उपलब्ध गराउने सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *