Main News
नेपालमा थप ११९७ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु
२०७७ मंसिर १ गते १७:१८

१ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप ११९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१०९७३ पुगेको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३० पुगेको छ ।
नेपालमा थप २९३४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७६३६४ पुगेको छ।
नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया