Main News

हङकङमा भएको आगलागीमा सात जना नेपालीको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर १ गते ७:५०
हङकङमा भएको आगलागीमा सात जना नेपालीको मृत्यु

१ मंसिर, २०७७ हङकङ । हङकङमा आगलागीमा परी सात जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना पुरुष र तीनजना महिला छन् ।

तीमध्ये एकजना बालिका छिन्। उनीहरुको अहिलेसम्म परिचयखुल्न सकेको छैन।

क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको हो। एक नेपालीले सञ्चालन गरेको होटलमा जन्म दिन मनाउन जम्मा भएको बेला आगलागी भएको साउथ चाइना मर्निङ पोष्टले जनाइएको छ।

आगलागीमा परी १८ जना घाइते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको विभिन्न चारवटा अस्पताल उपचार भइरहेको छ। हङकङमा सन् २०११ मा आगलागीमा परी ११ जना मानिसको ज्यान गएको थियो।

त्यस यताको यो नै सबैभन्दा ठूलो आगलागी भएको जनाइएको छ। हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानविन गर्न आदेश दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *