Main News

लुम्बिनीका मुख्यमन्त्रीले भने–हरेक नौ महिनामा सरकार फेर्ने बानी परेकाहरु सलबलाए

हिमालय टिभी
२०७७ कार्तिक ३० गते १६:३२
लुम्बिनीका मुख्यमन्त्रीले भने–हरेक नौ महिनामा सरकार फेर्ने बानी परेकाहरु सलबलाए

३० कात्तिक, २०७७, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सलबलाएको बताउनु भएको छ।

दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकार फेरपछि केही पाइन्छ कि भनेर सरकार फेर्न लागेको दाबी गर्नुभयो । उहाँले सरकार बदल्नु जनताको हितमा नरहेकोसमेत बताउनुभयो ।

उहाँले–‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसँगको कुरा हो न त राष्ट्रको हितको कुरा हो । उहाँले अहिलेको आवश्यकता भनेको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि योजनावद्ध पहल आवश्यक रहेको बताउनुभयो।

मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ वर्षमा धेरै प्रगति भएको भन्दै राम्रो गरिरहेको अवस्थामा ‘यो पनि भएन, त्यो पनि भएन’ भन्ने कुरा अस्थिरतामा खेल्न चाहनेहरुको खेल भएको दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनता स्थायित्वको पक्षमा छन् । अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन् । अझ धेरै राम्रो गर्नु पर्नेछ । त्यसका लागि सबै साझेदार बन्नु पर्दछ ।’

उहाँले देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगर्न आग्रह गर्दै सबै ठाउँका जनताले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिने र देशको विकास हुने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले कोरोना भाइरसविरुद्धमा रामै काम गरिरहेको दाबीसमेत गर्नुभयो । ‘शुरुमा प्रदेशमा कोरोनाविरुद्धको लडाइँका लागि लड्न संरचनाहरु शुन्य थियो । एउटा परीक्षण गर्न काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । अहिले प्रदेशमा दैनिक ९/१० वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ’, उहाँले भन्नुभयो,‘ काठमाडौँ उपत्यकापछि सबैभन्दा बढी प्रयोगशाला भएको प्रदेश लुम्बिनी हो । लुम्बिनी प्रदेश स्वास्थ्य सुरक्षाको दृष्टिले धेरै बलियो ठाउँ होइन् । तर हामीले यहाँ जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिएका छौँ । ’

उहाँले लुम्बिनी प्रदेशमा अहिलेसम्म भेन्टिलेटरको अभाव नभएको समेत बताउनुभयो । उहाँले अहिलेसम्म भएका बिरामीहरुलाई भेन्टिलेटर अभाव नरहे पनि अक्सिजन अभाव भएको बताउनुभयो । अहिले धेरैभन्दा धेरै बिरामीहरुलाई अक्सिजन चाहिएको बताउँदै मुख्यमन्त्री पोखरेलले अक्सिजन पर्याप्त मात्रामा नरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *