Main News

विदेशमा यो साता कोरोना संक्रमणबाट थप ८ जना नेपालीको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ३० गते १३:१२
विदेशमा यो साता कोरोना संक्रमणबाट थप ८ जना नेपालीको मृत्यु

३० कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ८ जना नेपालीको मृत्यु भएको छ ।

यस साता नेपालबाहिर भारतको महाराष्ट्र र चेन्नईमा संक्रमणबाट ८ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिकाले शनिवार साँझसम्म कोरोनाका कारण मृत्यु हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ । त्यस्तै विश्वभर ४४ देशमा करीब ४५ हजार ४ सय ३९ जना नेपालीमा संक्रमण देखिएको छ ।

ती मध्ये झण्डै ४१ हजार ४ सय ३९ जना संक्रमणमुक्त भैसकेको एनआरएनको भनाइ छ । उता विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

बेलायत, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको एनआरएनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *