Main News

पाँच वर्षपछि पहिलोपटक बालगोपालेश्वरको मन्दिर भोलि खुला रहने

हिमालय टिभी
२०७७ कार्तिक ३० गते १३:०७
पाँच वर्षपछि पहिलोपटक बालगोपालेश्वरको मन्दिर भोलि खुला रहने

३० कात्तिक, २०७७ काठमाडौं । भूकम्पपछि पाँच वर्ष बन्द रहेको काठमाडौंको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि भोलि बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ने भएको छ ।

भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएकाले सर्वसाधारणका लागि दर्शनको दर्शनको व्यवस्था गरिएको हो ।

उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर टीका लगाउने गर्दछन् । काठमाडौं महानगरपालिकाले मन्दिर र रानीपोखरीलाई झिलीमिली बनाएको छ ।

भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वर मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् ।

राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला नै बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *