Main News

आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १५:१५
आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

२९ कात्तिक, २०७७ धनुषाधाम । धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र ३ वर्षीया छोरीमाथि एसिड प्रहार गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ वर्षीया आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि सञ्जिव साहले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

साह दम्पत्ती पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । आज बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि एसिड प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आरतीको अनुहारसहित पेट, छाती लगायत शरीरको विभिन्न ठाउँमा एसिड परेको छ । एसिडले आरतीको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । दुवै जनाको जानकी हेल्थ केयर अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

पत्नी र छोरीमाथि एसिड हानेर भागेका सञ्जिबलाई जनकपुर–४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *