Main News
धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार
२०७७ कार्तिक २९ गते १३:०५
२९ कात्तिक, २०७७, धनुषाधाम । धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार भएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी २६ वर्षीया छोरी आरती साहमाथि आज बिहान एक युवकले एसिड प्रहार गरेका हुन्।
एसिडले मुहार र छातीको भाग जलेकी आरतीको अहिले जनकपुरधामको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले एसिड प्रहार गर्नेको खोजी भइरहेको बताउनुभयो ।
जनकपुरधाम उपमहागरपालिका वडा नम्बर २४ देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला आज बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया