Main News
फूल खेतीः यी फूलझैं मुस्कुराउन सक्लान् यो तिहारमा किसान ? (फोटो फिचर)
२०७७ कार्तिक २८ गते १४:४२

२८ कात्तिक, २०७७ काठमाडौं । नेपालमा तिहारका बेला हरेक वर्ष करोडौंको फूल र फूलका माला आयात गर्ने गरिएको छ । यसरी फूल र माला विशेषगरी भारतबाट आयात गर्दा करोडौं रुपैयाँ विदेशिँदै आएको छ । तर, पछिल्लो समय नेपालमा फूल खेती बढ्दै गएको छ । भारतबाट आउने फूल विस्थापित गरी आत्मनिर्भर बनाउन अभियानकै रुपमा किसान स्वतस्फूर्त रुपमा फूल खेतीमा लागेका छन् । यसले स्वदेशी उत्पादनले नै माग धान्ने अवस्था देखिएको छ । काठमाडौंको सेते गुम्बा क्षेत्रमा देखिएको यो दृष्यले पनि त्यही संकेत गरेको छ ।
देशका विभिन्न जिल्लामा भएको फूलखेतीसम्बन्धी यो रिपोर्ट पनि हेर्नुहोस्
प्रतिक्रिया