Main News

बाँकेमा कोरोना संक्रमितको शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २७ गते २०:४१
बाँकेमा कोरोना संक्रमितको शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै (भिडियोसहित)

२७ कात्तिक, २०७७ बाँके । कोरोना संक्रमणका कारण हुने मृत्यु दर बढेसँगै बाँकेमा संक्रमितको शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्ला दिन बाँकेका अस्पतालमा दैनिक ६ जनासम्मको मृत्यु हुने गरेको छ ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका कोरोनाका गम्भीर संक्रमितको नेपालगन्जको भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार हुँदै आएको छ ।

त्यहाँ उपचारका क्रममा मृत्यु भएकाको अन्त्येष्टि गर्ने जिम्मा बाँकेका प्रमुख जिल्ला अधिकारी नेतृत्वमा रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले लिइरहेको छ ।

पछिल्लो पटक एकै दिनमा ६ वटासम्म शव व्यवस्थापन गर्नु पर्ने अवस्था आएको छ । यसका लागि नेपाली सेनाले १५ जनाको टोली खटाएको छ ।

एउटा शव व्यवस्थापनका लागि ५ देखि ८ वटासम्म पीपीई र एन नाइटी फाइब मास्क र शव छोप्ने विशेष किसिमको सामग्री आवश्यक पर्छ । ती सबै सामग्रीको बजार मुल्य करिब ५० हजार पर्छ । विभिन्न धर्मालम्बीलाई उनीहरुको परम्परा अनुसार नै अन्तिम संस्कार गर्न स्थानीय प्रशासनले सहजीकरण गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके र भेरी अस्पतालले शव वहन खरिदका लागि ५ महिनादेखि निरन्तर प्रयास गरिरहेका छन् । तर शव वहनको भन्सार छुटका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको प्रस्ताव लामो समयदेखि थन्किएको छ । शव वहन, अत्यावश्यक सामग्री र बजेट अभावका कारण संक्रमितको शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

पछिल्ला दिनमा लक्षण देखिएका संक्रमितको संख्यासँगै मृत्युदरसमेत बढ्दै गएको छ । कोरोना संक्रमणको उच्च जोखिम देखिएका जिल्लामा शव वहनसहित आवश्यक सुरक्षा सामग्री, तालिम प्राप्त जनशक्तिको तत्काल व्यवस्थापन गर्नु जरुरी देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *