Main News

वामदेव गौतमविरुद्धको मुद्दाः न्यायाधीश पौडेलको फरक मतमा के छ ?

हिमालय टिभी
२०७७ कार्तिक २७ गते २०:२१
वामदेव गौतमविरुद्धको मुद्दाः न्यायाधीश पौडेलको फरक मतमा के छ ?

२७ कात्तिक, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद पौडेलले राष्ट्रिय सभाका सदस्य वामदेव गौतमको योग्यता सम्बन्धी मुद्दामा १२ बुँदे फरक मत राख्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलाशको बहुमतले गौतमको नियुक्ति र मन्त्री बन्ने बाटो खोलिदिए पनि पौडेलले फरक राय राख्नुभएको छ ।

लोकतन्त्रमा निर्वाचनको विशिष्ट अर्थ र महत्व हुने भन्दै खतिवडाले चुनाव हारेको व्यक्ति अर्को चुनावबाट अनुमोदन नभएसम्म शासन व्यवस्थामा सहभागी हुनुलाई जनभावना विपरित हुने उल्लेख गर्नुभएको छ । यतिमात्र होइन न्यायाधीश खतिवडाले चुनाव हार्ने तर अर्को बाटोबाट संसद सदस्य बन्ने कुरा अन्तरविरोधपूर्ण रहेको जिकीर गर्नुभएको छ ।

एक व्यक्ति एक निर्वाचन क्षेत्रको अवधारणा प्रतिनिधिसभाको हकमा भएको भए पनि संसदीय निर्वाचनकै समग्र अवधारणाका रुपमा यसलाई ग्रहण गर्नुपर्ने पनि खतिवडाको राय छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ ले पनि एक व्यक्ति एक अवसरको कानूनी मान्यता अगाडि सारेको र पराजित व्यक्तिलाई अर्को जनादेश प्राप्त नहुँदै संसद सदस्यमा मनोनित गर्नु जनादेश प्रतिकूल हुने खतिवडाको ठहर छ ।

बहसमा क्रममा सरकारका तर्फबाट पेश भएका विभिन्न कारणमा समेत उहाँले प्रश्न उठाउनुभएको छ । प्रतिनिधिसभामा पराजित व्यक्ति सभामुख भएका दृष्टान्त प्रस्तुत गरिएको भन्दै खतिवडाले विगतका संविधानको विशेषताप्रति पनि टीप्पणी गर्नुभएको छ ।

विगतका संविधान कार्यान्वयन हुन नसक्नुका पछाडि लोकतान्त्रिक मूल्य मान्यता भन्दा निहित स्वार्थ अनुकूल प्रयोग गर्नु कारक रहेको उहाँको दाबी छ ।

त्यसैले वर्तमान संविधानमा पनि भएका छिद्रको प्रयोग गरेर संविधानले अगाडि सारेका मूल्य मान्यता प्रतिकूल कार्य हुनु संविधानवादको मान्यता प्रतिकूल हुने उहाँको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *