Main News

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, १९१३ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ कार्तिक २७ गते १७:३०
कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, १९१३ जना संक्रमित थपिए

२७ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

पछिल्लो पटक १० हजार २२ नमूनाको पीसीआर परीक्षण गर्दा १९ सय १३ संक्रमित थपिएका छन् । संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

संक्रमित र मृतकको थपिएको संख्या केहीदिनयताको कम हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक २३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ८० प्रतिशत भन्दा धेरै हो । देशभर ३८ हजार ४ सय ६१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *