Main News

२५६९ जना कोरोना संक्रमित थपिए, थप २६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १६:३४
२५६९ जना कोरोना संक्रमित थपिए, थप २६ जनाको मृत्यु

२६ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २ लाख नाघेको छ ।

पछिल्लो पटक १० हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५ सय ६९ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै संक्रमणबाट अहिलेसम्म ११ सय ७४ जनाको मृत्यु भएको छ । मृत्युदर उच्च रहे पनि परीक्षण घटेकाले नयाँ संक्रमितको संख्या कम देखिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १२ सय ६१ जना छन् ।

काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक १६ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै हालसम्म १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन् । ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन् । ३ सय ८२ जनाको आइसीयु र ९५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *