Main News

कोरोना उपचारमा उपयोगी औषधि रेमडिसिभिर ६ हजार भाइल नेपाल भित्रियो

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १५:१२
कोरोना उपचारमा उपयोगी औषधि रेमडिसिभिर ६ हजार भाइल नेपाल भित्रियो

२६ कात्तिक, २०७७ पर्सा । कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडिसिभिर’ ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहका अनुसार यो नाकाबाट हालसम्म भारतमा निर्मित ६ हजार भाइल रेमडिसिभिर आयात भइसकेको छ । ‘निजी क्षेत्रका तीन आयातकर्ताले आवश्यक प्रक्रिया पूरा गरी तीन वटा कन्साइन्मेन्टमा रेमडिसिभिर औषधि भारतबाट आयात गरेका हुन् ।

नारायणी अस्पतालका डा. उदयनारायण सिंहले विश्वमै हालसम्म कोरोना संक्रमितको उपचारमा सर्वाधिक प्रभावकारी मानिएको र प्रयोग गरिएको एक मात्र औषधि रेमडिसिभिर रहेको दाबी गर्नुभयो । ‘भारत, बंगलादेश र अमेरिकाजस्ता मुलुकले ठूलो परिमाणमा यो औषधि उत्पादन गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘निमोनियाका गम्भीर खालका बिरामीलाई यो औषधि उपयोगी रहेको छ ।

कोरोना महामारी फैलिएपछि अमेरिकाले समेत भारतबाट ठूलो परिमाणमा यो औषधि आयात गरेको थियो ।

डाक्टर सिंहले भन्नुभयो–‘अमेरिकामा गरिएको शोधले कोरोना संक्रमितको उपचारमा यो औषधि अत्यन्त प्रभावकारी पाइयो,’ ‘तर विश्व स्वास्थ्य संगठनले अझै पनि यो औषधिलाई कोरोना संक्रमितको उपचारमा पूर्ण प्रभावकारी रहेको स्विकारेको छैन, भने यो औषधिलाई संक्रमितको उपचारमा आंशिक मात्र प्रभावकारी रहेको र यसले मृत्युदर घटाउने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *