Main News

नेपाल–चीन सीमा विवादको झुटो खबर फैलिनुमा नेपाली कांग्रेस र भारतीय भिडिया जिम्मेवारः चीन

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १३:०८
नेपाल–चीन सीमा विवादको झुटो खबर फैलिनुमा नेपाली कांग्रेस र भारतीय भिडिया जिम्मेवारः चीन

२६ कात्तिक, २०७७ काठमाडौं । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको आरोप लगाएको छ ।

पत्रिकाले केही नेपाली विज्ञलाई समेत उल्लेख गरेर लामो रिपोर्ट प्रकाशित गरेको छ । सो रिपोर्टमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई प्रो–इन्डियन पार्टीको ट्याग लगाउँदै झुटो खबर फैलाउन उसकै मुख्य हात रहेको उल्लेख छ ।

विभिन्न व्यक्तिलाई उल्लेख गर्दै रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई विभिन्न आरोप लगाइएको छ । शाहीले चीन विरोधी आरोपको पहल गरेको उल्लेख गरिएको छ ।

शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएको थियो ।

शाहीको सो भ्रमणपछि भारतीय र पश्चिमा मिडियाहरुले बेनामे स्रोतलाई उल्लेख गर्दै चीनले नेपालको सीमा मिचेको सम्बन्धमा समाचार प्रकाशित गरेको पनि सो पत्रिकाले उल्लेख गरेको छ ।

नेपाली विज्ञहरुलाई उल्लेख गर्दै ग्लोबल टाइम्सले धेरै अदृश्य वैदेशिक लगानी भएको नेपालमा भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेको दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *