Main News
प्रधानमन्त्री ओली आज संखुवासभाको किमाथांका जाँदै
२०७७ कार्तिक २६ गते ७:११
२६ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनसँग सिमाना जोडिएको संखुवासभाको किमाथांका जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका स्थित किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बीओपी) का लागि निर्माणधीन भवन अवलोकन गर्नुहुने छ ।
यस्तै भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री ओलीले बहुकचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्ने कार्यक्रम छ ।
संखुवासभा जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि जिल्लामा तयारी तीव्र पारिएको छ।
प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत अहिले बिहान ९ बजे चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका पुग्ने कार्यक्रम छ।
प्रतिक्रिया