Main News

थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १६:२७
थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

२४ कात्तिक, २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ७१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नजिक १ लाख ९७ हजार २४ पुगेको छ। पछिल्लो पटक पनि सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् ।

काठमाडौं उपत्यकामा थप एक हजार ४ सय २८ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंमा मात्रै १ हजार एक सय ३६, ललितपुरमा दुई सय एक र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण भएको छ।

काठमाडौंमा कुल संक्रमितको संख्या ७३ हजार दुई सय ३, ललितपुरमा १० हजार ३ सय ५४ र भक्तपुरमा ६ हजार ५ सय ९८ पुगेको छ ।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा १ सय ५१, मोरङमा १ सय ४८, सुनसरीमा ९१, रुपन्देहीमा ८५, कैलालीमा ६६, काभ्रेमा ४७, दोलखामा ४२ र झापामा ३३ जनामा संक्रमण देखिएको छ ।

संक्रमित मध्ये २९ हजार ८ सय ३६ जना होम आइसोलेसनमा छन । ४ सय ११ जनाको आइसीयू र ८३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यसैगरी, एक हजार ७ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या एक लाख ५९ हजार ७ सय २४ पुगेको छ । ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *