Main News

सरकारले संघीयताको भावनाविपरीत काम गरेको नेता सिंहको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १४:००
सरकारले संघीयताको भावनाविपरीत काम गरेको नेता सिंहको आरोप (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहले ओली सरकारले संघीयताको भावनाविपरीत काम गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानसिंहको १०६ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता सिंहले ओली सरकारले एक पछि अर्को गर्दै संघीयता विरुद्ध काम गरिरहेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै संघीयतालाई हेर्ने दृष्टिकोण ठीक नभएको सिंहको टिप्पणी छ ।

नेता सिंहले भ्रष्टाचार गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको दाबीमाथि पनि प्रश्न उठाउनुभयो । भ्रष्टाचारीहरु प्रधानमन्त्री ओलीकै वरिपरि रहेको तर कारवाही नभएको कांग्रेस नेता सिंहको दावी छ ।

प्रधानमन्त्री ओलीसँगै नेता सिंहले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको पनि आलोचना गर्नुभयो । देउवाले तोकिएको मितिमा महाधिवेशन गर्न नखोजेको सिंहको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *